मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाल तरुण दल र नेपाल बिद्यार्थी सघं क्षेत्र नं. १ ले आगलागी पिडितलाई राहत वितरण गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ स्थित १० गाउँ अग्निपिडितलाई नेपाल तरुण दल र नेविसंघले राहत वितरण गरेको हो ।
राहत बितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति एवम पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले तरुण दल र नेबिसघंले गरेको काम उदाहरणीय भएको बताउदै थप राहातका लागी स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
पार्टी जागरण अभियानमा ब्यस्त रहेका बेला आफनो कर्तब्यलाई बुझदै राहत बितरण कार्य गरेको भन्दै आगामी दिनमा पनि जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।
अहिले तत्कालको सहयोगले पिडामा मलम लाग्ने भन्दै यस्ता कार्यले दुखमा परेको बेला पिडितलाई भरोसा र साहस दिलाउने उहाँको भनाई छ । सभापति आचार्यले कांग्रेस जनताको पार्टी भएको र भोलिका दिनमा पनि जनताकै पक्षमा रहने बताउनुभयो ।
राहत पाएका अग्निपिडितले खुसी ब्यक्त गरेका छन् । आपतकालिन घटनामा परेकाहरुलाई तत्काल राहात बितरण गर्दै आएको तरुण दल र नेबिसघंले आगलागी पिडितलाई करिव ९० हजार बराबरको राहात सामग्री बितरण गरिएको नेपाल तरुण दल जिल्ला कार्य समितिका सभापति खोम बहादुर सिहं ठकुरी (शक्ति)ले जानकारी दिनुभयो ।
तत्काल आवश्यक पर्ने डसना, सिरानी, चामल सहित पाठ्य पुस्तक जलेर बिद्यालय जान नपाएका बिद्यार्थीलाई झोला, कापि तथा कलम र ड्रेस बितरण गरिएको उहाँले बताउनुभयो ।
उहाले हालसम्म आफुहरुले आपतकालिन अवस्थामा परेकालाई बिभिन्न समयमा गरि करिव १० लाख बराबरको राहात सामाग्री बितरण गरि सकिएको जानकारी दिनुभयो । नेविसंघ तरुण दलले बोल्ने मात्र नभइ काम गर्ने र जनताका हरेक सुख दुःखमा साथमा साथ काधमा काध मिलाउने गरेको बताउनुभयो ।
नेविसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले खबर पाउनसाथ सहयोग सामग्री जुटाएर तत्काल त्यहा पुगेको र आफुहरुले खाने खाजा खर्च कटाएर यस्ता सहयोग गर्ने गरेको बताउनुभयो । उहाले यो समस्या जसलाई जहाँ जतिबेला पनि आउन सक्ने बताउदै आफुहरुले यस्ता कार्यमा सधै सहयोग गरिरेहेको बताउनुभयो ।
उहाले अहिलेको सरकार हावादारी कुरा गरेर जनतालाई ढाटेको र देशमा बिपत पर्दा जनताको पक्षमा काम गर्न नसके आरोप लगाउनुभयो ।
राहत बितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, सचिव प्रेम रायमाझी, महासमिति सदस्य दुर्गा सेन, हुमकान्त खनाल, तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापा, नेबिसघं क्षेत्र नं. १ का सभापति चन्द्रकान्त पोखरेल, ५ का बिश्वमणी खनाल, नेका नेता बिनोद नेपाल पुर्व क्षेत्रिय सभापति हरि श्रेष्ठ लगायत विभिन्न तहका नेविसंघ तरुण दल र नेपाली कांग्रेसका नेताहरुको साथै बिद्यार्थी नेता अच्युत अर्याल शिवराज नगर सभापति मधु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया