११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

निःशुल्क आखा शिबिरले ढाई सय बढी लाभान्वित



मायादेवी अनलाइन, तौलिहवा ।

कपिललवस्तु नगरपालिका वडा नम्बरको १ को कार्यालय र नेपाल नेत्र ज्योति संघ कपिलवस्तुले तौलिहवामा एक दिने निःशुल्क आखा शिबिर सम्पन्न गरेका छन् । वडालाई दृष्टिविहीनता मुक्त वडा बनाउने अभियान अन्र्तगत कार्यक्रम गरिएको हो ।

सोही अभियान अन्र्तगत राखिएको शिबिरमा उपचार नपाएका दृष्टिविहीनहरुको निःशुल्क उपचार गरिएको हो । नयाँ दृष्टिविहीन बढन नदिन सचेतना र उपचारका कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुदीप पौडेलले बताए ।

शिविरमा २ सय ६५ बढीको उपचार गरिएको पौडेलले बताए । शिबिरमा ३३ जना मोतिया बिन्दुका रोगी फेला परेको तौलिहवा आखा अस्पतालका ब्यवस्थापक प्रशान्त कार्कीले बताए ।

शिविरमा उपचारसँगै निशुल्क औषधि वितरण तथा अति गरीब, विपन्न र जेष्ठ नागरिक गरी ३३ जनालाई निःशुल्क चश्मा समेत दिइएको छ । शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पतालले निःशुल्क शल्यक्रियाको सेवा दिने संघका अध्यक्ष रमेश शर्माले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  ७ : ०४ बजे