मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुकी एक युवती ९ दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवाकी ३३ वर्षीय राधा थारु वेपत्ता भएकी हुन् । उनी यसअघिका २ वटा सम्पन्न निर्वाचनमा म्यादी प्रहरीमा जागिरे थिइन् । उनी गत जेठ ७ गते विहान आफनै घरबाटै हराएकी हुन् । उनीले आफना २ छोराछोरीलाई स्कुल पठाएर साथीको घर जान्छु भन्दै हिडेकी थिइन् । घरबाट हिडको ९ दिन सम्म पनि सम्पर्कमा नआएपछि घरपरिवार चिन्तित भएका छन् ।
एक छोरा र एक छोरीकि आमा राधा थारु हालसम्म घर नफर्किएपछि निजका बुवा बेचु थारुले खोजविन गरिदिन आग्रह गरेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य समेत रहेका बुवा बेचु थारुले आफनी छोरी हराएपछि विभिन्न निकायमा जानकारी गराउदा समेत पत्ता लागेको छैन । उनले इलाका प्रहरी कार्यालय पिपरा, जिल्ला प्रहरी कार्यालय तौलिहवा र माइती नेपालमा सम्पर्क गर्दा समेत हालसम्म कुनै अत्तोपत्तो नभएको पछि संचारमाध्यमबाट पहल गरिदिन मायादेवी अनलाइनलाई आग्रह गरेका छन् ।
घरबाट साथीको घर जान्छु भनी हिडेकी राधा थारु त्यस दिन श्रीमान संगै खाना खाएर हिडेको पारिवारिक श्रोतले जनाएको छ । श्रीमान जुगराज थारुले घरको मिस्त्रीको काम गर्दै आएको र श्रीमति संगको सम्बन्ध राम्रै भएकोले के कति कारणले वेपत्ता भएको बुझन सकिएको छैन । वेपत्ता भएकी राधा थारुकी १२ वर्षीय छोरा र ९ वर्षीय छोरी छन् । तिनीहरु स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।
प्रतिक्रिया