११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्री कार्यालयमा एक्सन रुमको सुरुवात



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्यालयमा बुधबार तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्तगर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताउनुभएको छ ।
एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिनेछ

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  ४ : २३ बजे