११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

औपचारिक रुपमा खुल्यो तातोपानी नाका



सिन्धुपाल्चोक ।
भूकम्पका कारण विगत ४ वर्षदेखि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । भूकम्पका कारण भत्किएको बाटो र सुख्खा बन्दरगाहको निर्माणपछि तातोपानी नाका पुनः सञ्चालनमा आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, चीनका बाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयक्त रुपमा रिबन काटेर नाकाको उद्घाटन गरे । नाकाको औपचारिक उद्घाटनलगत्तै दुईओटा कन्टनेर नेपाल प्रवेश गरेका छन् ।

नाकाभन्दा ६ किलोमिटर नेपालतर्फ ९लार्चा०मा सुख्खा बन्दरगाह निर्माण भएपछि तातोपानी नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो ।लार्चास्थित बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण भएको हो । नवनिर्मित बन्दरगाहमा १ सय ५८ ओटा कन्टेनगर अटाउने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  ३ : ४५ बजे