११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको जनाएको छ । उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानको रूपमा लिएको बताएका छन् । ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । ‘कोरिया सही नीति, सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च बिन्दुमा पुग्यो’ प्रधानमन्त्री ओलीले भने,‘ नेपाल केही समयपछि पर्‍यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  ३ : २० बजे