बुटवल ।
प्रदेश ५ सरकारले १२ औँ गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को राजधानी बुटवलमा बुधवार बिहान विभिन्न कला र संस्कृति झल्किने झाँकीसहिर्त याली निकालेर गणतन्त्र दिवस मनाइएको छ ।
बुटवलको राजमार्ग चौराहाबाट दर्जनौं संघसंस्थाको सहभागितामा निस्केको झाँकीसहितर्को याली बुटवल मण्डपमा पुगेर मूल समारोहको आयोजना गरिएको थियो । ¥यालीमा नेपाल प्रहरी, नेपाली सेना, शसत्र प्रहरीका ब्याण्डबाजा समेतको सहभागिता थियो ।
सो अवसरमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लामो संघर्षपछि प्राप्त गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको र यसले मुलुकलाई प्रगतितर्फ उन्मुख गराएको बताए । उनले प्रदेश ५ मा समृद्धिको आधार तयार भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुनुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए ।
कर्मचारी समायोजनपछि प्रशासनिक संघीयता कार्यान्वयन भएको र अब वित्तीय संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको भन्दै उनले अब प्रदेश सरकार अघि बढ्ने बलियो आधार खडा भएको बताए ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संघीयता कार्यान्वयनसँगै समृद्धिको आधार तयार हुँदै गएको बताए ।
१५ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया