मायादेवी अनलाइन, कपिलवस्तु ।
आज जेठ १५ गते गणतन्त्र दिवस । शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको ११ वर्ष पूरा भएको छ । २०६२–०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वा्चित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो ।
सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ का दिन गणतन्त्र दिवस मनाउने गरिएको हो ।
शासन व्यवस्था नै परिवर्तन भएको दशक नाघेको हो । यस बिचमा संविधानसभाबाट जारी भएको संविधान अनुसार संघीय व्यवस्था अनुरुपको राज्य संरचना सञ्चालनका लागि तीन तहको चनाव भइ अहिले देशको शासन व्यवस्था सोही अनुरुप चलिरहेको छ ।
केन्द्रमा रहेको अधिकार स्थानीय र प्रदेश सरकारमा गएकाले कामकाजमा सहज भएको बताइन्छ । तर पनि शासन व्यवस्था परिवर्तन भएपछिका जनअपेक्षाहरु भने पूरा हुन नसकेको गुनासो उस्तै छ । नागरिक स्तरसम्म महसुस हुने गरि परिवर्तनको अनभूति पुग्न सकेको छैन । त्यसमाथि शान्ति सुरक्षाको अवस्था पछिल्लो समय अपेक्षाकृत हुन सकेको छैन । शान्ति र स्थायित्वको अपेक्षामा रहेका नागरिक पछिल्लो समय भइरहेका बम आतंकका कारण त्रसित छन् । सरकारले शान्ति सुरक्षाको अवस्था मजबुद रहेको बताए पनि सो अनुसारको अनुभूति हुन सकेको छैन । यसले गर्दा गणतन्त्रमाथि नै चुनौति थपिएको विश्लेषण गरिन्छ ।
भ्रष्टाचार तथा नेताहरुका कायम सुविधाभोगी प्रवृत्तिले पनि जनतामा निराशा पैदा गरेको छ । ११ बर्षसम्म बिभिन्न पात्रहरुले पटकपटक ुत्ता राजिनिितको बागडोर सम्हाले पनि प्रवृत्तमा सुधार गर्न नसक्दा नेपाली जनता निरास भएका छन् । र पनि नागरिकमा गणतन्त्रसँग जोडिएर रहेका आश तथा अपेक्षाहरु पूरा गर्नु निर्वा्चित सरकार एवम् सम्बद सबैको दायित्व हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ ।
बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ । यस्तै गणतन्त्र दिवसकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गर्नुभएको छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना भएको दिनको सम्झनामा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा मायादेवी अनलाइन तथा रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको तर्फबाट शुभकामना ।
प्रतिक्रिया