मायादेवी अनलाइन,कपिलवस्तु ।
लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका तातोपानी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै छ । चार वर्षअघिको भूकम्प (२०७२ वैशाख) ले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो ।
नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी हुनुहुनेछ ।
प्रतिक्रिया