११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइने !



काठमाडौं । 
न्यायिक इतिहासमै न्यायाधीशविरुद्ध भष्ट्रचारको मुद्धा दायर हुने भएको छ । न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो । यस्तो मुद्दा इतिहासकै पहिलो हुने परिषद स्रोतले जनाएको छ ।
परिषदको मंगलबार बसेको वैठकले  न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडी न्यायधिस उपाध्याय कपिलवस्तुमा कार्यरत थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्तावमा परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
परिषदले अर्का जिल्ला न्यायाधीश बिश्वमंगल आत्रेयलाई अबकास दिने निर्णय गरेको छ । उनीमाथि ललितपुर जिल्ला अदालतमा भीएलएनका संचालकलाई आर्थिक लेनदेन गरेर रिहाई आदेश दिएको आरोप लागेको थियो । खराब आचारण पुष्टि भएपछि आत्रेयलाई अबकास दिने निर्णय गरिएको परिषद स्रोतले बताएको छ ।
यस्तै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई पनि किन कारवाही नगर्ने भनी एक साताभित्र स्पष्टीकरण पेश गर्ने आदेश दिएको छ ।
बानियाँलाई सवारी दुर्घटनासम्बन्धी मुद्दाका अभियुक्तसग घुस लेनदेनमा फैसला गरेको आरोपमा छानबिन भइरहेको छ । ५ लाख घुस सहित पक्राउ परेका इजलास सहायक भोला चालिसेले न्यायाधीश बानियाँले भनेर उक्त रकम लिएको बयान अख्तियार र न्याय परिषदमा दिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  १२ : ०५ बजे