भैरहवा ।
नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट झण्डै चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित एक नेपाली युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतम रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जनाएको छ ।
पक्राउ परेका गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल जाने क्रममा २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरिएको एसएसबीको सुनौली कम्पनीका प्रमुख एवं निरीक्षक अमित कुमारले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ३ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय ३५ ग्राम हेरोइन बरामद गरिएको हो । पक्राउ परेका गौतममाथि भारतीय कानुन अनुसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।
प्रतिक्रिया