मायादेवी अनलाइन, तौलिहवा ।
तौलिहवा अस्पतालको नाम परिवर्तन भएको छ । कपिलवस्तु अस्पतालको १२ करोडको लागतमा निर्माण गरिएको सुबिधा सम्पन्न भवन यही जेठ मसान्त भित्र हस्तान्तरण हुँदै छ । हस्तान्तरण हुनुपूर्व अस्पतालको नाम कपिलवस्तु अस्पताल भएको छ ।
भवन लिफ्ट सिस्टम अपांग मेत्री र फायर फाईटिङ रहेको छ । ५० बेड क्षमता रहेको भवनमा फार्मेसी, एनआईसियु, प्याथोलोजी, ईमरजेन्सी, ओपीडी, सर्जिकल, डेन्टल, गाईना, जनरल फिजिसियन लगातयका सुबिधा दिने किसिमले बनाईएको छ ।
प्रतिक्रिया