बुटवल ।
प्रदेश ५ को सरकारले गणतन्त्र दिवस तिन दिन सम्म बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तिन दिवसीय कार्यक्रम अन्तर्गत आज स्थानीय तहहरुले आ–आफनो क्षेत्रमा सरसफाई गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ ।
भोली जेठ १५ गते गणतन्त्र दिवशको मुख्य दिन बिहान राजमार्ग चौराहाबाट प्रभातफेरी सुरु भई बुटवलमण्डपमा पुगेर बिशेष समारोहमा परिणत हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
बिशेष समारोह प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । भोली साझ प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय सहित प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरुमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै जेठ १६ गते बिभिन्न सामाजिक संस्थाहरुको आयोजनामा रक्तादान तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा बिभिन्न पत्र पत्रिकाहरुमा प्रकासित गणतन्त्र सम्बन्धि उत्कृष्ठ लेख रचनाहरुलाई पुरस्कृत गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
यसैबिच गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते सार्बजनिक बिदा नदिने भएको छ । गत वर्ष बिदा दिइएपनि यस वर्ष बिदा दिने निर्णय नगरीएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
प्रतिक्रिया