काठमाडौँ ।
कांग्रेस नेता तथा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दिइने संविधान सभा पदक अस्वीकार गरेका छन् ।
गृहमन्त्रालयबाट पदक ग्रहण गर्न लिखित निम्तो पाएलगत्तै आफूले त्यो पदका लागि योग्य नरहेको मान्यताका साथ पदक नलिने निर्णय गरेको उनले बताए ।
पहिलो संविधानसभा सदस्य समेत रहेको घिमिरे यो संविधान अव्यवहारिक र जनभावना अनुरुप नभएको भन्दै धर्म निरिपेक्षता र संघीयताका विषयमा फरक मत राख्दै आएका छन् ।
१४ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया