वीरगञ्ज ।
घरको जग खन्ने क्रममा माटोले पुरिएर वीरगञ्जमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका ५० वर्षीय दशरथ पण्डित र परवानिपुर गाउँपालिका ४ का ५० वर्षकै जवाहिर राम रहेका छन् ।
उनीहरु दुवै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा राजाराम जलानको निर्माणाधिन घरको जग खन्ने क्रममा माथिबाट माटोले पुरिएर घाइते भएका थिए । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
१४ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया