एजेन्सी ।
जापानको राजधानी टोकियोको बाहिरी क्षेत्रमा रहेको पार्कमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । बालबालिकालाई लक्षित गरी चक्कु प्रहार गरिएको हो । स्थानीय समय अनुसार मंगलबार बिहानै पार्कमा ती व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् । आक्रमणपश्चात आक्रमणकारीले आफैलाई चक्कु प्रहार गरी आत्महत्या गरेको बताइएको छ । घटनास्थलबाट २ वटा चक्कु फेला परेको छ ।
प्रतिक्रिया