११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भारतमा विशाक्त मदिरा सेवनका कारण एकै परिवारका ६ जनाको मृत्यु



एजेन्सी ।
भारतको उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु एकै परिवारका सदस्य हुन् ।
यस घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएका छन् ।
ज्यान गुमाउने सबै पुरुष छन् । पारिवारिक श्रोतका अनुसार सबैले खाना खाइसकेपछि मदिरा सेवन गरेका थिए । मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  १२ : ४४ बजे