पोखरा ।
यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा ९ट्रायल० पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् ।
हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्टिच्यूट पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ परेको हो ।
दुवै जनालाई घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
१४ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया