काठमाडौं ।
कतारमा रोजगारी तथा अन्य पेशामा रहेका नेपालीलाई कतारस्थित नेपाली दूतावासले स्थानीय कानून उल्लंघन हुने गरी सार्वजनिक ठाउँमा सामाजिक मर्यादाविपरित कुनै काम नगर्न अपिल गरेको छ । दूतावासले विज्ञप्ती जारी गदै सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्नेजस्ता कार्यमा संलग्न नहुन नेपालीलाई आग्रह गरेको हो ।
दूतावासले विज्ञप्ती जारी गरेर कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरित कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि विज्ञप्तीमा भनिएको छ ।
सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले विज्ञप्तीमार्फत सूचित गराएको छ । यसैगरि आफू कार्यरत कम्पनीमा बन्द हड्ताल, ठगी, चोरी तथा महिलामाथि दुर्व्यवहार नगर्न समेत दूतावासले अपिल गरेको छ ।
नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक स्थलमा अनैतिक कार्य गरेको गुनासो बढ्दै गएपछि दूतावासको ध्यानाकर्षण गराएको जानकारी दिएको छ ।
कतार सरकारले खाने कुरामा निषेधित गरेको क्षेत्रमा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।
१४ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया