११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

दुर्गम क्षेत्र सिद्धारामा घुम्ती शिबिर, ‘नागरिकमा कम्ता खुसी थिएन’ !



बिष्णु कुमार आले, (सिद्धारा) ।
गाउँमा शिबिर आउने थाहा पाए पछि झन्डै ७ घण्टा पैदल हिडेर शिबिरमा नागरिता बनाउन आएकी सिद्धारा ढोडेनी दुम्सीकी ७१ बर्षिय भविश्वरा आलेले हातमा पहिलो पटक नागरीकता पाएपछि दङ्ग छिन् । सकसले उकालो बाटो हिडेर जनतन शिबिरमा आएर नागरिकता पाएपछि आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रलाई धेरै पटक पल्टाई पल्टाई हेरेपछि उनले भनिन्, ‘अब यो कागज दिएपछि मैले भत्ता पाउँछु होला नी बाबु ?’
अहिले सम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएकी भविश्वरा आलेले ७१ बर्षको उमेरमा पहिलो पटक नागरिकता पाएपछि खुसी मात्र होइन, सरकारले आफुलाई पैसा दिनेमा ढुक्क छिन् । आले मात्र होईन सिद्धाराको लामादेवबाट ९ घण्टा ३० मिनेट पैदल हिडेर शिबिरमा नागरिकता बनाउन आएका ७० बर्षिय डम्बर बहादुर दर्लामीले पहिलो पटक हातमा नागरिकताको प्रमाणपत्र पाएपछि निकै खुसी भए । उनी भन्छन्, ‘गाँउमा नागरिकता बनाउने शिबिर आउने जानकारी पाएपछि राती नै झोलामा अर्नी हालेर बल्ल बल्ल आए ।’ आएको केही समयपछि हातमा सिडियो सरले नागरिकता दिनु भयो मलाई अति खुसी लागेको छ ।
आफुले लेखपढ् गर्न नजान्ने कसले बनाईदिने नागरिकता, सदरमुकाम जान पनि नसकिने शिबिरमा आएपछि वडा अध्यक्षले चाहिने जती कागज मिलाई दिनुभयो, फोटा खिच्ने ठाउँ बताईदिनु भयो, अहिले सजिलै सँग नागरिकता पाँए । अब नागरिकता पेश गरेपछि सामाजिक सुरक्षा भत्ता पाउन र जग्गा किनबेच गर्न सजिलो हुने दर्लामीले बताए ।
जिल्ला प्रशासनको जोड
अर्घाखाँचीको अति बिकट क्षेत्र सिद्धाराको बाघखोरमा शनिबार देखि सुरु भएको एकिकृत घुम्ती शिबिर आईतबार सम्पन्न भएको छ । एक दिनका लागि भनेर संचालन गरिएको घुम्ती शिबिरमा सोचे भन्दा बढि सेवाग्राही शिबिरमा आएपछि आइतबार पनि नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । ग्रामिण भेगका नागरिकले फेरी पनि दुःख नपाउन भन्ने उदेश्यले एक दिन थपेर भएपनि आएका सेवाग्राहीको हातमा नागरिकता थमाएरै सदरमुकाम फर्किने उद्देश्यले आईतबार पनि नागरिकता बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले बताए । जनताको घरदैलोमा आएको एकिकृत घुम्ती शिबिरबाट असाय, अशक्त, गरिब, अति विपन्न नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रजिअ बेल्बासेले बताए । उनले भने, ‘कहिल्यै नागरकिता बनाउन नसक्ने मान्छेले पनि नागरिकता पाएका छन् ।’ हरेक स्थानियतह सँग समन्वय गरि जिल्लाका अन्य पालिकाहरुमा पनि एकिकृत घुम्ती शिबिर संचालन गरिएको र पछिल्लो समय ग्रामिणभेगमा संचालन गरिएका शिबिरहरुबाट हजारौं सर्वसाधारणलाई राहात पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाई छ ।
नगरपालिकाको लक्ष्य
नेपालको सबै भन्दा ठुलो सितगंगा नगरपालिकालाई आफैमा भुगोलले ठगेको छ । सिद्धारा क्षेत्रलाई अर्घाखाँचीको कर्णाली क्षेत्र भन्ने गरिन्छ । नगरपालिकाको ९, १० र ११ वडाका नागरिकलाई लक्षित गरि गाँउमै सरकारी सेवा सुबिधा पुराउने उद्देश्यले सिद्धाराको बाघखोरमा एकिकृत घुम्ती शिबिर राखिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । यो क्षेत्र अति दुरदराज रहेकाले यहाँका नागरिक सरकारी सेवा सुबिधाबाट बन्चित हुदै आएकाले अहिले शिबिरबाट सयौं नागरिकले सेवा पाएको अधिकारीले बताए । उनले भने, ‘भुगोलले ठगेको यो क्षेत्रमा बिकाशको गति अघि बढ्न नसकेको भन्दै यहाँका छरिएर रहेका बस्तीलाई राम्रो बिकाशको गति तुरुन्तै पुग्ने ठाँउमा बस्ती एकिकरण गरि ब्यवस्थापन गर्न नेपाल सरकारले ध्यान पुराउनु पर्छ ।’ २ , ४ घर को अन्तरमा बस्ती छ त्यसमा बिकाश पुराउन मोटो रकम खर्चिनु पर्छ । हामीले पटक पटक निबेदन गरेका छौं, छरिएर रहेका बस्तीलाई खेती योग्य र कमखर्चमा बिकाश पुग्न सक्ने ठाँउको छनोट गरि बस्ती एकिकरण गर्न सिफारिस गरि माथी पठाएका छौं यसमा सरकारले नै निती बनाएर अगाडी बढाउनु पर्छ नगर प्रमुख अधिकारीको भनाई छ ।
उप प्रमुख टिका रेश्मीले शिबिर बाट दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गरेको बताए । बषौं सम्म नागरिकता नभएर जग्गा किनबेच नामसारी, सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएका नागरिकलाई अब बाटो खुलेको छ । उनीहरुले आफ्नो घरदैलोमा आएर यसरी सरकारी सेवा सुबिधा लिन पाउदा राहतको महसुस गरेको उप प्रमुख रेश्मीले बताए । स्वास्थ्य परिक्षण गर्न नपाएका, बिभिन्न कारणले नागरिकताको प्रमाणपत्र बनाउन नसकेका, जनचेतना मुलक कार्यक्रममा सहभागी हुन नपाएका, अपाङ्ग परिचयपत्र पाउन नसकेका, जेष्ठ नागरिक परिचय पत्र बनाउन नसकेकाहरुलाई निकै ठुलो राहत भएको उपप्रमुख रेश्मीले बताए ।
नगरपालिकाको ९, १० र ११ वडाका सयौं जनताले सेवा लिएको नगर प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए । शिबिरमा अनुमान गरिएको भन्दा बढि सेवाग्राहीले सेवा लिएको तर अझ पनि सरकारी क्षेत्रको पहुँच भन्दा बाहिर धेरै जनता रहेकाले अनुकुल मिलाएर फेरी शिबिर संचालन गर्न आवश्यक रहेको प्रशासकीय अधिकृत भण्डारीले बताए ।


नागरिकको अनुहारमा छायो हाँसो
सिद्धारा १० छापडाँडाका ७६ बर्षिय लोकमणी पौडेललाई नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी दिएर शिबिरको उद्घाटन गरिएको थियो । हातमा नागरिकताको प्रमाण पत्र पाएपछि ७६ बर्षिय पौडेलले खुसी हुँदै
भने, “बुढेसकालमा नागरिकता बनामला भनेर सोचेको पनि थिएन ।” गाँउमा शिबिर आएपछि नागरिकता पाए उनले भने, ‘पहिला पहिला १५, १६ घण्टा हिडेर सदरमुकाम पुगेर ३ दिन बसेर नागरिकता बनाए अहिले घरमै पाउदा खुसी लागेको छ ।’ दुर्गम गाँउका नागरिकले सरकारी सेवा घरदैलोमै पाएपछि निकै खुसी भएका छन् । उनीहरु भन्छन्, “घरबाट ९, १० घण्टाको बाटो हिडेर गाडि चढ्नु पर्छ, गाडीमा करिव ३ घण्टाको बाटो हिडेर सदरमुकाम पुग्नु पर्छ । सदरमुकाम पुगेर बेलैमाथी काम हुदैन बस्नु परे एउटा नागरिकता बनाउन १२ देखी १५ हजार खर्चिनु पर्छ । निकै दुःख पाउदै आएका थियौं अहिले घरबाटै नागरिकता पाउदा निकै खुसी छौं ।”
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र सितगंगा नगरपालीकाको संयोजनमा संपन्न भएको एकिकृत घुम्ती शिबिरमा जिल्ला स्थित विभिन्न सरकारी निकायहरुबाट सेवा प्रदान गरिएको थियो । एकिकृत घुम्ती शिबिरबाट ४ सय ८३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् । त्यस्तै ३ सय ७४ जनाले मतदाता परिचय पत्र, ४ सय २१ जनाले निशुल्क आफ्नो स्वास्थ्य जाँच गराएका छन् भने ३० जनाको पाठेघरको मुखको क्यान्सरको जाँच तथा उपचार गरिएको छ । १ सय ३ जनाले मुटु रोगको जाँच गराएका छन् भने, १७ जनाले मुटुको ईसिजी गराएका छन् ।
१ सय ५० जनाले आखाँको जाँच गराएका छन् भने ३० जनाले सुगर रोगको जाँच गराएका छन् । यसै गरि १५ जनाले अपाङ्ग परिचयपत्र, ५९ जनाले जेष्ठ नागरिक परिचयपत्र पाएका छन् । शिबिरमा समुदाय– प्रहरी साझेदारी कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी प्रमुख नवराज मल्लले अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक नङ र मासुको संबन्ध रहनु पर्ने बताए । पछिल्लो समय जगन्य अपराध, जबरजस्ती करणी, बाल बिबाह, महिला हिंसा जस्ता घटना बढिरहेकाले यस्ता जघन्य अपराध न्युनिकरण गर्नका लागी प्रहरी र नागरिकको संबन्ध बलियो हुनु पर्ने प्रहरी प्रमुख मल्लले बताए ।


सचेतना कार्यक्रम
सचेतना कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नगर प्रमुख सुर्य प्रसाद अधिकारी, सहायक डिभीजन वन अधिकृत सिला पोखरेलले सहजीकरण गरेका थिए । लागु औषध तथा मादकपदार्थ, लैङ्गिक हिंसा बिरुद्ध जनचेतना मुलक कार्यक्रम, वन डढेलो नियन्त्रण र मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन सम्बन्धमा डिभिजन वन कार्यालयले सचेतना मुलक कार्यक्रम गरेको थियो । शिबिरमा सेवाग्राहीको उल्लेखनीय सहभागीता रहेको थियो ।
। नेपालकै ठुलो नगरपालीका सितगंगाको वडा नम्बर ९, १० र ११ वडाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । जनताको घरदैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाकै बिकट क्षेत्रमा एक दिने घुम्ती शिबिरको आयोजना गरिएको हो । शिबिरले अति गरिब, बिपन्न बर्गलाई फाईदा पुगेको जनजागृती उच्च माबिका प्रध्यानाध्यापक रोमाखर बन्जाडेले बताए । सरकारी सेवा लिन सदरमुकाम सम्म पुग्न नसक्ने त्यस्ता अति बिपन्न समुदायका नागरिक गाउँमा आएको शिबिरबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ८ : ०६ बजे