११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बहुमतले नीति कार्यक्रम पारित



बुटवल ।
प्रदेश नं ५ को नीति तथा कार्यक्रम बहुमतले पारीत भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले प्रस्तुत गरेको संसोधनको प्रस्ताव बहुमतले अस्विकृत गरेको थियो ।
प्रदेशसभामा आइतबार र सोमबार भएको नीति तथा कार्यक्रममाथिको छलफलपछि सोमबार बेलुका प्रदेशसभाको बहुमतले नीति तथा कार्यक्रम पारीत गरेको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । जवाफको क्रममा मुख्य मन्त्री पोख्रेलले प्रतिपक्षीले अनावश्यक रुपमा आलोचना गरेको बताउनु भयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ६ : ३३ बजे