मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरस्तरीय नेपाल पिछडा वर्ग महासंघमा नयाँ नेतृत्व चयन भएको छ । कपिलवस्तुको चन्द्रौटामा सम्पन्न पिछडा वर्गहरुको वृहत भेलाले तौलेश्वर प्रसाद चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको सचिवमा बिजय कुमार चौधरी, कोषाध्यक्षमा शुभावती केवट सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा सुघरा केवट, सन्तराम यादव, लक्ष्मी वि.क., शोभा कुर्मी, राजेश अहिर, किशलावती कोहार, रामनाथ कुर्मी, बहाउ कुर्मी, उदयराज विश्वकर्मा, सरस्वती गुप्ता, सुशिला कहाँर, शिवप्रसाद चौधरी, प्रकाश यादव, सन्तराम चौधरी, अब्दल मजीद मुसलमान लगायत रहेका छन् ।
शिवराज नगरपालिकाको वडा नं. १ देखि ११ वडालाई समेट्ने गरी समिति निर्माण गरिएको नगरस्तरीय पिछडा वर्ग महासंघका अध्यक्ष तौलेश्वर प्रसाद चौधरीले जानकारी दिए ।
यसैबीच शिवराज नगरस्तरीय पिछडा वर्ग महासंघको आयोजनामा दुई दिने सशक्तिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले पिछडा वर्गलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउनुपर्नेमा जोड दिए ।
नगरप्रमुख अधिकारीले पिछडावर्गहरु आफू जहिले पनि पछि परेको जात भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने जिकिर गरे । नगरपालिकाले पिछडा वर्ग तथा कमजोर वर्गलाई हटाउन विभिन्न किसिमका ज्ञानसीप जस्ता कार्यक्रम अगाडि सारेको उनले जानकारी दिए । उनले सिकेको ज्ञान सीपलाई जीवनमा लागूपर्नेमा समेत जोड दिए । अभिमुखीकरणमा शिवराज नगरपालिकाका ११ वटै वडाका पिछडावर्गहरुको सहभागिता रहेको थियो ।
१४ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया