११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

एक सय ७३ जनाको जिल्ला कमिटी ! खाए समाज बदल्ने कसम



रुपन्देही ।
नेकपा रुपन्देहीको नयाँ नेतृत्वलाई सोमबार शपथ ग्रहण गराइएको छ । नेकपा रुपन्देहीको जिल्ला कमिटीमा सचिवसहित एक सय ७३ जनाले सोमवार सामूहिक सपथ ग्रहण गरेका छन् ।
अध्यक्ष शिवराज सुवेदीको भने यसअघि नै सपथ ग्रहण भइसकेको थियो । सचिव निर्मल केसीसहित जिल्ला कमिटीका सदस्यहरू एक सय ७३ जनालाई सोमवार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शपथ ग्रहण गराउनुभएको हो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि पहिलो पटक रुपन्देही जिल्ला कमिटीको घोषणा भएको थियो । सोही कमिटीको सपथ ग्रहण समारोहमा सहभागी विभिन्न तहका नेताहरुले स्पष्ट राजनीतिक विचारका माध्यमबाट जनताको विश्वास जित्दै अगाडि बढ्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुषाल, स्थायी समितिकै अर्का सदस्य छविलाल विश्वकर्मा, प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मालगायतले सही राजनीतिक विचारका माध्यमबाट संगठनलाई सही दिशामा अगाडि बढाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६ सोमबार ००:००  ७ : १७ बजे