रचना खासु मगर, तौलिहवा ।
बगरमा फल्ने चिसो फलकारुपमा रहेको खरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभूमि नगरपालिका– १० धनकौली गाउँका किसानले मनग्ने आम्दानी गरेका छन् । धनकौलीको मोतिनगर लगायतका गाउँका सय बढी किसानहरुले बाणगंगा नदीको निख्खर जमिनमा खरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका हुन् । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् । नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि १ लाख बढी सम्को आम्दानी गरेका हुन् ।
किसानहरुले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन् । बैशाख दोस्रो साता देखि किसानहरुले खरबुजा बेच्न सुरु गरेका हुन् । ५ कठ्ठामा खरबुजा लगाएका मोतिनगरका किसान रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताउनुभयो । उहाले यस बर्ष खरबुजा बेचेरै ८० हजार आम्दानी हुने बताउनुभयो । खरबुजा बेच्न अहिले सजिलो भएको उहाले बताउनुभयो । ब्यापारीहरु गाडी लिएर खेत मै खरबुजा किन्न आउने गरेका छन् ।
हरेक बर्ष खुरबुजा बेचर १ लाख बर्ष आम्दानी गनै आउनुभएका उहाले खरबुजा खेती आफुलाई फापेको बताउनुभयो । उत्पादन बढी भएकोले यस बर्ष गत बर्षको तुलनामा खरबुजाको मुल्य घटेको बताउनुभयो । यस बर्ष १५ देखि २० रुपैया प्रति किलो बिक्री हुने गरेको छ । अर्का किसान दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताउनुभयो । बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा रापिदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेको केवटले बताउनुभयो । ‘यस बर्ष सिंचाई र पश्चिमेली हावा नचलेकोले उत्पादन बढेको बताउनभयो । गत बर्ष यही खेतीबाट ढेड लाख आम्दानी गरेको उहाले भन्नुभयो ‘सिंचाईको सुबिधा हुन सके आम्दानी अझ बढ्ने थियो ।’
२ बिघामा बगरे खेती गर्नुभएका अर्का किसान बुद्धु केवटले यस बर्ष एक लाख मात्र आम्दानी भएको बताउनुभयो । माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्युन्ट बढी उत्पादन हुने किसानहरु बताउँछन् । यहाँ एक देखि ११ किलो सम्मको तरबुजा उत्पादन भएका छन् । उनीहरुद्धारा उत्पादीत तरबुजा अहिले कपिलवस्तुका बिभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ । यहाँका बजार तरबुजामय बनको छ । खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाँची सम्मका ब्यापारीहरु खेतमै आउने गरेका छन् ।
स्थानीय किसान पुर्सराम केवटले खेतमा फलेका तरबुजात तर्फ ईशारा गर्दै भन्नुभयो ‘ब्यापारीहरु गाडी लिएर खेत मै किन्न आउँछन, बिक्रीका लागि कुनै समस्या छैन्, ’ । बढ्दै गएको गर्मीसंगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्याउन किसानहरु ब्यस्त देखिन्छन् । सो फलसंगै उनीहरुले त्यहा काक्रो, तरकारी उत्पादन समेत गरेका छन् ।
बजारमा भारतबाट समते खरबुजा आयात गर्न थालिए पछि आफुहरुलाई बिक्रीको भन अली समस्या परेको किसानहरु गुनसो गर्छन । भारतीय खरबुवा नआएको भए आफुहरुले अझ राम्रो भाउ पाउन सक्ने उनीहरु बताउँछन । जिल्लामा ६५ हेक्टरमा खरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस बर्ष १३ सय मेट्रक टन तरबुजा उत्पादन भएको छ । यहाँ माधुरी ६४ र मधुवाला जातका तरबुजा उत्पदान हुने गरको छन् ।
प्रतिक्रिया