११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अर्घाखाँचीमा दुई वम निष्कृय



शिवलाल सुवेदी, गुल्मी ।
अर्घाखाँचीका दुई स्थानमा राखिएको वम निष्कृय गरिएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा रहेको अर्घाखाँची शिक्षा क्याम्पस नजिकै र वाइखोला किनारमा रहेका दुई वटा वमलाई नेपाली सेनाले डिस्पोजल टोलीले निष्कृय गरेको हो ।
रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताएको छ । उक्त वम सडक छेउमा रहेको विद्यृतको पोलमा झुण्डाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले सोमवार नेपाल बन्दको आब्हान गरेको हो ।
विप्लव समूहले आह्वान गरेको बन्द सफल पार्न विभिन्न स्थानमा शंकास्पद बस्तु राखेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । सदरमुकाम सन्धिखर्क कै दुई स्थानमा वम फेला परेपछि स्थानीय त्रसित भएका छन । बन्दका कारण जिल्लाका सम्पूर्ण बजारहरु पूर्ण रुपमा वन्द रहेका छन ।


जिल्लाको सदरमुकामवाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारीका साधनहरु चलेका छैनन भने निजी सवारीका साधनहरु पनि ठप्प रहेका छन । उद्योग, कलकारखाना,शैक्षिक सस्थाहरु पनि बन्द रहेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६ सोमबार ००:००  १० : १९ बजे