मायादेवी अनलाइन, कपिलवस्तु ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको बन्दका कारण विहानैबाट देशभरको जनजीवन प्रभावित भएको छ । बन्द सफल पार्न भन्दै कार्यकर्ताले मानिसको ज्यानै जाने गरी विष्फोट गराएपछि त्रासैत्रासले आज देशभरको जनजीवन प्रभावित भएको हो ।
यसअघि बन्द आह्वान हुँदा पनि चहलपहन हुने स्थान राजधानी पनि आज सुनसान छ । राजधानीमा पनि कम गाडी चलेका छन् । राजधानीका बिभिन्न स्थानमा श्रृङखलावद्ध वम विष्फोट गराएपछि राजधानीमा पनि बन्दको प्रभाव परेको हो । यस्तै देशभर नै सवारी कम चलेका जनाइएको छ ।
बन्दको कारण कपिलवस्तु सुनसान भएको छ । बन्दपछि विहानैदेखि यातायात, शिक्षण संस्था, उद्योगधन्दा, व्यापार व्यवसाय केही पनि चल्न सकेका छैनन् । यस्तै लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन पनि चल्न नसक्दा यात्रुहरु मर्कामा पेका छन् । बन्द कर्ताहरु सडकमा नदेखिए पनि प्राय स्थानमा सुनसान छ । गाडी पनि चलेका छैनन् ।
देशभर बम आतंक सिर्जना गरेको विप्लवले कपिलवस्तु बाणगंगाका २ स्थानमा विष्फोट गराएपछि कपिलवस्तुमा बन्दको बढी प्रभाव परेको हो । नेपाल बन्द सफल बनाउन भन्दै हिजो राती ८ र नौ वजको बीचमा चरणबद्ध २ वटा विष्फोटनका घटना भएका छन् । कपिलवस्तु सामाुदायिक अस्पत्ताल नजिक र वाणगंगा नदी नजिकको पूल आसपासमा विष्फोट भएको हो ।
विष्फोटनमा कुनैपनि मानविय तथा भौतिक क्षती भने भएको छैन ।सामुदायिक अस्पत्ताल नजिक सुतली वम विष्फोटन भएको स्थानयिले बताएका छन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । बन्दको प्रभाव बुटवल तथा आसपासको क्षेत्रमा बिहानैदेखि परेको छ । बुटवलको बसपार्कबाट लामो तथा छोटो दुरीमा चल्ने बस छुटेका छैनन । सडकमा मोटरसाइकल मात्र चलेका छन । पसलहरु पनि खासै खुलेका छैनन ।
अघिल्लो गत मंगलवार भोजपुरमा प्रहरीसंगको गोली हानाहानमा आफना कार्यकर्ता मृत्यु भएपछी त्यसको बिरोधमा बिप्लव समूहले आज नेपाल बन्द घोषणा गरेको हो ।प्रहरीको गोलि प्रहारबाट गम्भिर घाइते भएका भोजपुरको षडानन्दनगरपालिका २ का नेकपाका कार्यकर्ता ३२ बर्षिय तिर्थराज घिमिरेको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।नेकपाले सामान्य निशस्त्र मान्छेलाई कब्जामा लिई योजनाबद्ध तरिकाले गोलि हानेर प्रहरीले हत्या गरेको बताउदै बिरोधमा बन्द आब्हान गरेको हो ।
यसअघि बन्द सफल पार्न भन्दै काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने बिभिन्न स्थानका घटनामा ८ जना घाइते भएका छन् ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँको दुई स्थानमा आइतबार विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया