मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु प्रहरीले ठूलो परिणाममा सुर्तीजन्य पदार्थ बरामद गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ बरकुल स्थित चाकरचौडा सडकको पश्चिम पट्टी किनारा खाली जग्गाबाट अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
उक्त बरामद सामान वेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिदै गर्दा सोही ठाउँका शकिल अहमद फकिर आफ्नो सामान भएको भन्दै दाबी गर्न आएका थिए । यद्यपि प्रहरीले फकिरलाई पनि नियन्त्रणमा लिएको छ ।
अहिले उक्त सुर्तीजन्य पदार्थ र फकिरलाई आवश्यक कार्रबाहीका लागि भन्सार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको सुर्तीजन्य पदार्थ विजुली खैनी ९६ कार्टुन र खुल्ला सुर्ती ११५० केजी रहेको प्रहरीको भनाई छ ।
१२ जेष्ठ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया