११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

समाज सुधारमा जुट्दै लक्ष्मणघाटका तन्नेरीहरु



थानेश्वर अधिकारी, लक्ष्मणघाट ।
बाणगंगा नगरपालिका वडा नं. -६ का युवाहरुको सक्रियतामा स्थापना भएको लक्ष्मणघाट सामाजिक विकास केन्द्रले सामाजिक उत्तरदायित्वका कामहरु गर्दे आइरहेको छ । स्थापना भएको १ बर्ष भित्र सो संस्थाले धार्मिक एवं ऐतिहासिक तिर्थस्थल बोलबम धाममा युरिनल सहितको दुई कोठे सार्वजनिक शौचालय निर्माण गरेको छ । यसका अतिरिक्त कात्तिक पुर्णिमाको अवसरमा दुई दिने मेला तथा बृहत साँस्कृतिक कार्यक्रम, बोलबम मेला संचालन गरेको छ ।
सो संस्थाको शनिबार बसेको बैठकले अहिले बाणगंगा नगरपालिका वडा नं. ६ भित्र भए गरेका आपराधिक कृयाकलाप र लागु पदार्थ दुव्र्यसनी न्युनिकरणमा पहल गर्न संस्थाका अध्यक्ष रन बहादुर काउचाको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरेको छ जसको सदस्यमा थानेश्वर अधिकारी, ओम प्रकाश पौडेल, अंजित खनाल, सन्दिप न्यौपाने, भोजराज बञ्जाडे र बिरेन्द्र रेग्मी रहेका छन् ।

सो समितिले बोलबम धाम परिसर त्यसको वरिपरी अनुगमन गरी लागुपदार्थ दुव्र्यसनी गर्नेहरु भेटेमा वा देखेमा उनहिरुलाई काउन्सेलिङ गर्ने तथा प्रहरीलाई जानकारी दिने काम गर्नेछ । बैठकमा संस्थाका सचिव थानेश्वर अधिकारीले संस्थामा सिडिभी ग्लोवलसँगको सहकार्यमा संचालन हुन लागेको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । बैठकले यही जेठ १८ गते लक्ष्मणघाटमा बृहत सरसफाई कार्यक्रम सहित संस्थाको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६ आइतबार ००:००  ३ : १५ बजे