११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आलियाले क्याटरीना र दीपिकालाई यसरी पछारिन्



मुम्बई ।
बलिउड अभिनेत्री आलिया भट्टले फिल्ममा आफूले निभाउने भूमिकाका कारण चर्चा कमाइरहने गर्छिन् । अहिले भने उनको अर्को कारणले पनि चर्चा भएको छ । आलियाले ‘द टाइम्स मोस्ट डिजायरेबल वूवन’ को उत्कृष्ट सूचीमा आफूलाई दर्ता गराएकी छिन् । यो लिस्टमा उनलाई सबैभन्दा सुन्दर र ग्ल्यामरस महिलाका रुपमा सामेल गरिएको छ ।

 

आलिया भट्टले क्याटरीना कैफ, दीपिका पादुकोण, ज्याकलिन फर्नाडीस, अदिति राव हैदरी, दिशा पटानी र श्रद्धा कपूरजस्ता नायिकालाई पछाडि पारेकी छिन् । यी सबैलाई सन् २०१८ को सबैभन्दा बढी डिजायरेबल ९लोकप्रिय० महिलाको सूचीमा आफूलाई सामेल गराएकी हुन् । सन् २०१७ मा यो सूचीको उत्कृष्टमा दीपिका पादुकोणले आफ्नो नाम लेखाएकी थिइन् ।

आलियाले पहिले आफ्ना साथी र फिल्म उद्योगलाई ट्यालेन्ट मान्ने गर्थिन् । सन् २०१८ मा जासुसी थ्रीलर फिल्म ‘राजी’ मा गरेको अभिनयले आलियाले दर्शकको मन जितेकी थिइन् । उनले कैयन् अवार्ड पनि जितिन् । आलियाले यही फिल्मबाट ‘फिल्मफेअर अवार्ड’ पनि हात पारिन् ।

‘द टाइम्स मोस्ट डिजायरेबल वुमन’ को लिस्टमा दोस्रो नम्बरमा मिनाक्षी चौधरी, तेस्रो नम्बरमा क्याटरीना कैफ छिन् भने चौथो नम्बरमा दीपिका पादुकोण छिन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६ आइतबार ००:००  २ : ४२ बजे