काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार संघीयता असफल बनाउन लागि परेको आरोप लगाएका छन् ।
काठमाडौँ काठमाडौ क्षेत्र नं १ मा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेता सिंहले वर्तमान सरकार नै संघियता असफल बनाउन लागि परिरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विरुद्ध आउन थालेकोले देशमा संवैधानिक संकट आउन सक्ने आशंका व्यक्त गरे ।
‘मुलुकमा संवैधानिक संकट निम्तिन सक्छ । प्रधानमन्त्रीमा अंहकार र दम्ब बढेकोले संविधान केही हैन अब म जे बोल्छु तेहि नै सबैले मान्नु पर्छ भन्ने असोभनीय अभिव्यक्ति आउन थालेको छ, सिंहले भने ।उनले संविधानभन्दा भन्दा कोही पनि नहुने भएकाले दम्भ र अहंकार त्यागेर संविधानको पालन गर्न सुझाव दिए । सरकारसँग जन अपेक्षा धेरै भए पनि भाषणमा मात्र सीमित रहेको भन्दै उनले आपत्ति जनाए ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँडले सरकारको गतिविधि विरुद्धमा अब सडकदेखि सदन सम्म शसक्त रुमिा उत्रनु पर्ने अवस्था आउन लागेकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिक्रिया