एजेन्सी ।
क्लव फुटवलको जारी सिजनका ३ ठुला उपाधि आफ्नो कब्जामा पार्ने सपना बुनेको स्पेनिस जायन्ट बार्सिलोना १ उपाधिमै चित्त्त बुझाउन बाध्य भएको छ । गयरातिको खेलमा भ्यालेन्सियालाई पराजित गरी दोश्रो ठुलो पाधि उचाल्ने दाउमा रहेको बार्सिलोना पराजित भएपछि यो सिजनमा एउटा मात्र उपाधिमा चित्त बुझाउन बाध्य भएको हो ।
ला लिगाको उपाधि जितेको बार्सिलोनाले शनिबार राति कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियाको सामना गरेको थियो । जसमा मेस्सी कप्तानीको बार्सिलोना पछि पर्यो ।
रियल बेटिसको मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–१ ले हारेको हो । भ्यालेन्सियाले पहहिलो हाफमा नै दुई गोल गरेर अग्रता लिएको हो । उसका लागि २१ औँ मिनेटमा केविन गामेइरो र ३३ औँ मिनेटमा रोड्रिगोले गोल गरेका हुन् ।
पहिलो हाफमा २–० ले पछि परेको बार्सिलोनाका लागि ७३ औँ मिनेटमा कप्तान मेस्सीले एक गोल फर्काए, तर त्यो गोल हार टार्न पर्याप्त भएन ।
च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा ३–० को अग्रता लिएर पनि लिरभपुलसँग पराजित भएको बार्सिलोनाको त्यो पीडामा केही भए पनि राहत मिल्ने आशा रहे पनि त्यो पुरा हुन सकेन । समाप्त भएको छ ।
प्रतिक्रिया