अराज सिंह बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका- १ दोवाटोमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७६० नम्बरको बस र विपरित दिशातर्फवाट आउदै गरको लु १ ख ४२८१ नम्बरको टिप्पर ठोक्किएको हो ।
दुर्घटनामा परि दाङ घोराही उपमहानगरपालिका १० का १९ वर्षीय मनिषा आचार्य, तुल्सीपुर उपमहानगरपालिका १४ का २७ वर्षीइ सुदिप देवकोटा, रोल्पा रुम्चीगढी गाउँका १८ वर्षीय शान्ता नेपाली र टिप्पर चालक रुपन्देही सैनामैना नगरपालिका ११ का ४५ वर्षीय मदन थारुको अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक मोतिलाल योञ्जनले वताए ।
३ जनाको कोहलपुरमा उपचार भइरहेको छ भने टिप्पर चालकको वुटवलमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्थामा सामान्य रहेको रहेको र उपचार पश्चात घर पठाइएको निरिक्षक योगञ्जले वताए । वस, वस चालक र टिप्पर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया