११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अर्घाखाँचीमा घुम्ती शिबिर संचालन



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको बिकट क्षेत्र सिद्धाराको बाघखोरमा शनिबार एक दिने एकिकृत घुम्ती शिबिर संचालन भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सितगंगा नगरपालीकाको संयुक्त आयोजनामा संचालित एकिकृत घुम्ती शिबिरमा जिल्ला स्थित विभिन्न सरकारी निकायहरुबाट सेवा प्रदान गरिएको छ । शिबिरबाट ३ सय ८० जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् । शिबिरमा ५ सय ७५ जनाले निशुल्क आफ्नो स्वास्थ्य जाँच गराएका छन् । जस मध्ये ३० जनाको पाठेघरको मुखको क्यान्सरको जाँच तथा उपचार गरिएको छ । १ सय ८० जनाले मुटु रोग , २ सय जनाले आखाँको जाँच गराएका छन् । यसै गरि १५ जनाले अपाङ्ग परिचयपत्र , ५९ जनाले जेष्ठ नागरिक परिचयपत्र पाएका छन् । शिबिरमा समुदाय– प्रहरी साझेदारी कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नवराज मल्ल , प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ,नगर प्रमुख सुर्य प्रसाद अधिकारी , सहायक डिभीजन वन अधिकृत सिला पोखरेलले सहजीकरण गरेका थिए । लागु औषध तथा मादकपदार्थ , लैङ्गिक हिंसा बिरुद्ध जनचेतना मुलक कार्यक्रम ,वन डढेलो नियन्त्रण र मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन सम्बन्धमा डिभिजन वन कार्यालयले सचेतना मुलक कार्यक्रम संचालन गरेको थियो ।
नेपालकै ठुलो नगरपालीका सितगंगाको वडा नम्बर ८, ९, १० र ११ वडाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । जनताको घरदैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उदेश्यले जिल्लाकै बिकट क्षेत्रमा एक दिने घुम्ती शिबिरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनु भयो । नेपाली नागरिकताको प्रमाणपत्र बनाउन नपाएका ग्रामिण दुर्गम क्षेत्रका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो । शिबिरले अति गरिब ,बिपन्न बर्गलाई फाईदा पुगेको उहाँले बताउनु भयो । सरकारी सेवा लिन सदरमुकाम सम्म पुग्न नसक्ने त्यस्ता अति बिपन्न समुदायका नागरिक गाँउमा आएको शिबिर बाट प्रत्यक्ष लाभान्वित भएको उप प्रमुख टिका रेश्मीले बताउनु भयो । हरेक स्थानियतह सँग समन्वय गरि जिल्लाका अन्य पालीकामा एकिकृत घुम्ती शिबिर संचालन गरिएको र पछिल्लो समय ग्रामिणभेगमा संचालन गरिएका शिबिरहरु बाट हजारौं सर्वसाधारणलाई राहात पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६ शनिबार ००:००  १० : ३२ बजे