११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बलदेव र अतहर कमाल बीच चर्कियो द्धन्द्ध, ४ करोड रकममा एक्लौटी गरेको आरोप



काठमाडौं ।
सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले गण्डकी प्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए । प्रत्यक्ष निर्वा्चित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउनुपर्यो ।
टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदको सुझाव नोट गरिरहेका बेला नेकपाकी नेर्त यशोदा सुवेदी गुरुङ भने कड्किइन् । ‘अर्थमन्त्रीज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम थप गर्ने त परै जाओस्, चार करोड दिने निर्णय गर्नुभयो भने म अदालत जान्छु ।’ प्रमुख सचेतक देव गुरुङकी पत्नी यशोदाको उक्त चेतावनीपछि बैठकमा सांसदबीच चर्काचर्की पर्यो ।
कपिलवस्तुबाट कांग्रेस समानुपातिक सांसद अतहर कमाल मुसलमान र कृषि मन्त्री चक्रपाणी खनालबीच पनि ४ करोड बजेट विनियोजनलाई लिएर सम्बन्ध चिसिएको छ । कपिलवस्तु १ को निर्वाचन क्षेत्र विकास कार्यक्रमको ४ करोडको बजेट एकलौटी बाँडेको भन्दै कांग्रेसका मुसलमान कृषिमन्त्रीसंग रिसाएका छन् ।
‘प्रत्यक्ष निर्वाचित सांसदको समस्या म पनि बुज्छु’ अघिल्लो पटक प्रत्यक्ष निर्वाचित सांसद मुसलमान भन्छन्, ‘चारको करोडको योजनामा तीन करोडको योजना तपाई छान्नुहोसर भन्दा पनि उहाँले मान्नुभएन । यसपटक म योजना छनौटमै नबस्ने मनस्थितीमा छु ।’
अछिपछि सुमधुर सम्बन्ध र समानता देखिने सांसदहरुबीच एउटा विषयले भने आपसमा द्धन्द्ध सिर्जना गर्ने गरेको छ । सांसदबीच नै वर्ग विभाजन गरिदिन्छ ‘निर्वाचन क्षेत्र पूर्वाधानर विकास कार्यक्रम’ले । । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेख्नुभएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६ शनिबार ००:००  ८ : १२ बजे