११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

शिवदहमा लागेको ताला खुल्यो, पठनपाठन सुरु



विष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जुकेनास्थित शिवदह माध्यमिक विद्यालयमा ७ दिनदेखि लागेको ताला खुलेको छ । विद्यालयको भौतिक निर्माणमा दलका जनप्रतिनिधिले हस्तक्षेप गरेको भन्दै विद्यार्थीले ताला लगाउँदा विद्यालयका ५०० विद्यार्थीको पढाइ प्रभावित भएको थियो ।
विद्यालयका प्राध्यानध्यापक कृष्णप्रसाद शर्माले विद्यार्थीले ताला खोलेको र पठनपाठन सुचारु भएको बताए । उनले भने, ‘विद्यालयको विकास निर्माण र प्राध्यानध्यापकको विषयलाई लिएर विद्यार्थीले तालाबन्दी गरेका हुन, आइतबार विद्यार्थी अभिभावकबीच बैठक बसेर छलफल गर्ने भनेर ताला खुलाइएको छ ।’ उनले विद्यार्थी अभिभावक र समितिको बीचमा तालमेल नमिल्दा यस्तो अवस्था सिर्जना भएको बताए ।
आइतबार बस्ने बैठकमा विद्यार्थीको मागलाई सम्बोधन गर्ने सम्झौता भएको उनले बताए । विद्यार्थीले पुरानै प्रअ चाहिने र विकास निर्माणमा भएका सम्पूर्ण सम्झौता खुलाउनुपर्छ भन्ने माग राखेको छन् । विद्यार्थीले लामो समयदेखि दरबन्दी अनुसारका निमावि तहमा दुईजना, मावि तहमा एक जना शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको तर जनप्रतिनिधिले विषयगत शिक्षक राख्ने विषयमा कुनै चासो नदेखाएको आरोप लगाएका थिए । भौतिक निर्माणको आर्थिक पाटोमा दलका जनप्रतिनिधिले आँखा लगाएको भन्दै विद्यार्थीले गत हप्ता विद्यालयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : १६ बजे