काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने दावी गरेका छन् ।
प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताए ।
प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने पनि स्पष्ट पारे । राष्ट्रियतालाई मूल आधार बनाएर सो विधेयक अघि बढाउने पार्टीको धारणा रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया