सिन्धुली ।
मरिन गाउँपालिका–७ बाह्रबिसेमा मरिन खोलामा पौडी खेल्ने क्रममा डोजरले खनेको खाल्डोमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटका अनुसार, मरिन खोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत कच्चा पदार्थ उत्खनन गर्न खनेको खाल्डो नपुर्दा पानीमा डुबेर बालकको ज्यान गएको हो ।
कालिका कन्स्ट्रक्सनले चैत मसान्तसम्म डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाल्डो तत्काल पुर्ने प्रतिबद्धता जनाएको थियो ।
तर कन्स्ट्रक्सनले खाल्डो नपुर्दा बालकको ज्यान गएको प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताउनुभयो ।
प्रतिक्रिया