काठमाडौं ।
सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली काठमाडौं फर्किएको छ ।
सगरमाथाको उचाई नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा स्वाग गरेकी छन् । उनले ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन् ।
सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोली चैत ३ गते सगरमाथातर्फ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना लिएर पुगेको टोलीलाई वैशाख २८ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर बेसक्याम्प मै पुगेर बिदाई समेत गरेकी थिइन् ।
प्रतिक्रिया