काठमाडौं ।
प्रहरीले करोडौंको भारतीय जाली नोटसहित चारजनालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीनजना पाकिस्तानीबाट करोडौँको भारतीय जाली नोट प्रहरीले बरामद गरेको हो ।
अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको छ । ’अहिलेसम्म हामीले एउटा सुटकेसको जाली नोट गन्न भ्याएका छौँ’, डिएसपी रञ्जीतकारले भने, ’अन्य दुईवटा सुटकेसको गन्न बाँकी छ ।
गनिसकेको जाली नोट तीन करोड ५० लाख भन्दा धेरै छ।’ रञ्जीतकारका अनुसार यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए । उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरी हिरासतमा लिइसकेको छ ।
१० जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया