भारत ।
आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले बिहीबार बेलुकी ४ वा ५ बजे शपथ ग्रहण गर्नेछन् । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।
शपथ ग्रहण अघि प्रधानमन्त्री मोदी आफ्नो गृहराज्य गुजरात जाने तथा गृहनगर गान्धीनगर पुगी आफ्नी आमासँग आशिर्वाद लिने भारतीय सञ्चारमाध्यमको भनाइ छ ।
हालै भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ३ सय ३ सयको हाराहारीमा सिट जितिसकेको छ । यसअघि हिजो बिहीबार मोदीले आफ्ना मतदाता तथा जनतालाई आफूलाई जिताएकोमा धन्यवाद दिएका थिए ।
प्रतिक्रिया