९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दूधसँग बिर्सेर पनि नखानुस् यी खानेकुरा



काठमाडौं ।
– मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ ।
– नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पुयाउँछ ।
– सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानुहुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ ।
-दूध र दही एकै किसिमका दुग्धजन्य पदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नुहुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।
– माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  १२ : ५० बजे