११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

संवाद सहजकर्ताहरुको तालिम सुरु



मायादेवी अनलाइन, वाणगंगा । 

संवाद सहजकर्ताहरुको लागि १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । सिद्धार्थ सामाजिक  विकास केन्द्र अन्तरगत संचालित स्ट्रोमा फाउण्डेसनको सहयोगमा दिगो तथा मर्यादित सामाजिक आर्थिक शशक्तिकरण कार्यक्रम (सिड्स) विहीबारबाट बुटवलमा सुरु भएको हो ।

वाणगंगा नगरपालिकाको समन्वयमा संचालित तालिमको कार्यक्रमका प्राविधिक प्रकाश घिमिरेले उद्घाटन गर्नुभयो । परियोजनाले वाणगंगा नगरपालिका वडा नम्बर ३, १० र ११ का १५ सय घरधुरीको सामाजिक आर्थिक शशक्तीकरण गराइ दिगो तथा मर्यादित जिवनयापन गराउने छ ।

तालिम कार्यक्रम संयोजक आरटि खानको प्रमुख आतिथ्यता मिल अधिकृत काशिराम भट्राइको सञ्चालनमा भएको हो । तालिममा प्रशिक्षक ईन्दु परियार र विनोद केवटले प्रशिक्षण दिनुहुने छ । तालिममा ५० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  १० : ३६ बजे