मायादेवी अनलाइन, तौलिहवा ।
आफुले मात्रै टेण्डर पाउनु पर्छ मान्यता राख्दै हालिएको टेण्डरमा अर्कै पक्षले पनि टेण्डर हाले पछि एक ठेकेदारको समुह क्रोध भएको छ । नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र अन्तर्रगत बिद्युतीकरण सम्बन्धि ठेक्का दर्ता गर्नेक्रममा विहीबार क्रोध भएको ठेकेदार समुहले टेन्डर फारम च्यातेका हुन् । फारम च्यातेका ठेकेदार समुहले भने मिलेर फारम दर्ता गराएका थिए ।
जिल्लाका दुई स्थानमा गर्न लागिएको बिद्युतिकरणकोे ठेक्काको फारम दर्ता गर्नेक्रममा एक ठेकेदार समुहले गुण्डागर्दी शैलीमा नेपाल बिद्युत प्राधिकरण तौलिहवामा अर्को ठेकेदार कम्पनीको टेन्डर फारम च्यातेका हुन् ।
बिहीवार बितरण केन्द्रमा बाणगंगा र बुद्धभूमि नगरपालिकाका तीन तीन वडाका लागि बिद्युतिकरणका टेन्डर दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सोही क्रममा सितगंगा नगरपालिका अर्घाखाँचीको बि एस कन्ट्रक्सनका प्रतिनिधि बिजय पौडेलले फारम दर्ता गर्नेक्रममा बिहान ११ बजे तिर कार्यालय हाता भित्रै ठेकेदार समुहले फारम च्यातेका थिए ।
प्रतिनिधि पौडेलका अनुसार प्राधिकरणका प्रमुख जय कुमार यादवले तोक लगाए पछि प्रशासन फाटमा फारम दर्ता गर्दा ठेकेदार समुहले खोसेर फारम च्यातेको बताउनुभयो । प्राधिकरणले बाणगंगा नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का लागि ७ लाख र बुद्धभूमि नगरपालिकाको वडा नम्बर १, २ र ३ का लागि ४ लाखको टेन्डर आव्हान गरेको थियो ।
दुबै कामका लागि एक दर्जन टेन्डर फारम बिक्री भएको प्राधिकरणको लेखा शाखाले जनाएको छ । फारम दर्ता गर्ने दिन सुरक्षाकर्मीलाई भने जानकारी गराईएको थिएन । आर्थिक बर्ष सकिन ढेड महिना मात्र बाकी भएको बेला भएको यो खटनाले काममा ढिलाई हुने प्राधिकरणका कर्मचारीहरु बताउँछन ।
९ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया