मायादेवी अनलाइन, बुटवल ।
प्रदेश ५ को सरकारले आज प्रदेश सरकारको नीति कार्यक्रम प्रदेश सभामा पेश गर्ने भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
असार १ गतेनै बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको हो । सरकारले प्रस्तुत गर्ने बजेटमा कृषि, पर्यटन, जल, जमीन र औद्योगिक विकासलाई बढी जोड दिइएको छ । त्यही सेरोफेरोमा आधारित रहेर नीति तथा कार्यक्रम आउन अपेक्षा छ ।
प्रदेश सरकार गठन भएको दुई बर्ष वितिसक्दा पनि अझै प्रदेशको स्थायी मुकाम र नाम तोक्न सकिएको छैन । यस बर्ष प्रदेशको स्थायी मुकाम र नाम तोक्ने सरकारको तयारी छ ।
प्रतिक्रिया