गुल्मी ।
गुल्मीको तम्घास-सिमलटारी सडकखण्ड सञ्चालनमा आएको छ । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्ग सञ्चालनमा आएको हो ।
रेसुङ्गा नगरपालिका-४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साझबाट सुञ्चालन गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।
राजमार्गको तम्घास-सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो ।
सडक बन्द भएपछि वैकल्पिक मार्गको रुपमा तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गरेका थिए ।
राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको थियो । तम्घास सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।
सडक अन्र्तगत अघिल्लो आर्थिक वर्षमा ७ किलोमिटर कालोपत्रे भएको थियो । यस वर्ष वैशाख सामान्तसम्म झण्डै ९ किलोमिटर गरी १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गर्ने काम गरिएको छ । राजमार्गको बिभिन्न चरणमा भएको ठेक्का सम्झौता अनुसार कुल ४६ करोड बढि लागतमा कालोपत्रे गर्ने काम भइरहेको हो ।
निर्माण कम्पनीले राजमार्गको तम्घासदेखि सिमलटारीसम्मको सडक कालोपत्रे गर्न तीव्र गतिमा काम गरिरहेको छ ।
प्रतिक्रिया