११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

विरेन्द्र कानौडियाले जिम्मेवारी पाए, कांग्रेसले बनायो संसदीय दलको उपनेता



बुटवल ।
कपिलवस्तुबाट प्रदेश सांसदमा निर्वाचित विरेन्द्र कानौडिया प्रदेश ५ मा नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा चयन हुनुभएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३ को ‘२’ बाट निर्वाचित कानौडिया संसदीय दलको उपनेता बन्नुभएको हो ।
केन्द्रीय स्तरको मन्त्री समेत भैसक्नुभएका कानौडिया यसभन्दा अगाडी कांग्रेसको संसदीय दलको नेता बन्ने योजनामा हुनुहुन्थ्यो । तर, सबैभन्दा जेष्ठ सदस्य बलदेव शर्मा संसदीय दलको नेतामा चयन भएपछि कानौडिया पछि हट्नुभएको थियो ।
तर, बुधबार उहाँलाई कांग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले संसदीय दलको उप नेतामा मनोनयन गर्नु भएको छ ।
केही समयदेखि अस्वस्थ्य रहनु भएका नेता पोखरेलले प्रदेश सभामा पार्टीको भूमिका सक्रिय बनाउन पार्टीको प्रदेशसभा संसदीय दलको बिधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम कनौडीयालाई उपनेतामा मनोनयन गरेको पत्रमा उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  ६ : २२ बजे