११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

पाँचथर सामूहिक हत्याकाण्डः शवको पोष्टमार्टम हुँदै



पाँचथर ।
मिक्लाजुङ गाउँपालिका – ३, आरुबोटेमा सोमबार राति विभत्स हत्या गरिएका दुई परिवारका नौ जनाको शवको पोष्टमर्टम सुरु भएको छ ।

कहालीलाग्दो हत्याकाण्डमा हत्या गरिएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमर्टम सुरु भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका नौ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमसहित १० जनाको शव आज बिहान धरान पुर्‍याइएको हो ।

झुण्डिएर आत्महत्या गरेका माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छो ज्वाइँ हुन् । माखिमले नै ससुराली परिवार र साढु दाइको हत्या गरेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  ४ : ५७ बजे