११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

अत्यधिक गर्मी भएपछि कारलाई चिसो बनाइराख्‍न गाईको गोबरको कभर



नयाँ दिल्ली ।
तापक्रम बढ्दै जाँदा मानिसहरुले तापक्रम घटाउनलाई अनेक किसिमका प्रयत्न गरिरहेका हुन्छन् ।यसै क्रममा भारतको अहमदावादमा एउटा अनौँठो दृश्य देखिएको छ । कारलाई अत्यधिक तामक्रमबाट जोगाएर चिसो बनाइराख्‍न अहमदावादका एकजना स्थानीयले गाईको गोबरले कारलाई कभर गरेका छन् ।

बम बम बम
फेसबुकमा रुपेश गौरङ् दाशले कारको फोटो राख्दै भनेका छन्,“आजसम्म मैले गाईको गोबरको यस्तो प्रयोग देखेको थिइँन ।”
अहमवादको ४५ डिग्री गर्मीमा आफ्नो कारलाई चिसो बनाउन कारधनी सेजल शाहले गाईको गोबरले कभर गरेकी छिन् । फेसबुकमा उक्त फोटो निकै नै भाइरल भइरहेको छ ।

सामाजिक सञ्‍जालमा पोस्ट भएको उक्त तस्बिरमा प्रतिक्रिया जनाउँदै धेरैले उक्त कारधनी गाईको गोबरको गन्ध कसरी सहन सक्छन् भन्दै प्रश्न गरेका छन् । केहीले गाईको गोबरले कतिसमयसम्म उक्त कारलाई चिसो बनाइराख्छ भन्‍ने जिज्ञासा राखेका छन् ।

परम्परागत रुपमा भारतमा गाईको गोबरले घरको दैलो तथा भित्ता पोत्‍ने काम गर्थे । जसले गर्दा चिसो मौसममा सुख्खा र गर्मी मौसममा चिसो बनाइराख्‍छ भन्‍ने मान्यता थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  ४ : ३३ बजे