११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

इण्डोनेसियाः चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाको मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार



एजेन्सी ।
इण्डोनेसियाका नव निर्वा्चित राष्ट्रपति जोको विडोडोको विरोधमा पुनस् निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् ।
राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले हिंस्रक रुप लियो ।
प्रदर्शनकारीहरुले कारमा आगो लगाए, प्रहरीमाथि पटाका पनि प्रहार गरे । प्रदर्शनकारीहरुको भिडलाई तितर–बितर बनाउन प्रहरीले जवाफी कारबाहीमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।
चुनाव परिणाममा राष्ट्रपति विडोडोले आफ्ना लामो समयका प्रतिद्वन्द्वी प्रवोओ सुविआन्तोलाई पराजित गरेका थिए । इण्डोनेशियाको निर्वाचन आयोगले राष्ट्रपति पदमा ५५ दशमलव ५ प्रतिशत मत ल्याउँदै विडोडो विजयी भएको बताएको छ । मे २१ मा विडोडो राष्ट्रपतिमा निर्वा्चित भएपछि सुविआन्तोका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  १ : ४२ बजे