सिन्धुपाल्चोक ।
किशोरी बेचबिखन गर्ने कार्यमा सघाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका –४ का ३० वर्षीय नितु शेर्पालाई पक्राउ गरेको छ । बेचबिखनका मुख्य आरोपी ३३ वर्षीय तेन्जेन शेर्पा भने फरार भएका छन् ।
रामेछाप जिल्ला स्थायी घर भई सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका – ४ बहिनीको घर बस्दै आएका तेन्जेन शेर्पा र नितुको मिलेमतोमा यही ठाउँकी १६ वर्षीया किशोरीलाई भारतमा लगेर राम्रो जागिर लगाइदिने भन्दै काभ्रेको बनेपा र्पुयाएका थिए ।
कक्षा ८ पास गरेर ९ कक्षामा पढ्दै गरेकी किशोरीलाई छिमेकी नितु शेर्पाले जेठ १ गते पानी लिन धारामा गएको बेलामा भारतमा लगेर राम्रो जागिर लगाउने भन्दै फकाएको पीडित किशोरीले बताइन् ।
घरपरिवारले थाहा नपाउने गरी पीडित किशोरी र तेन्जेन शेर्पा जेठ ४ गते बिहान ४ बजे त्यहाँबाट हिँडेको पाइएको छ । अभियुक्त शेर्पाले मेलम्ची गएर ओर्लनु म आउँदै गर्छु भनेर किशोरीलाई बसमा चडाएर पठाएको र आफू अर्कै गाडीमा मेलम्चीसम्म आएका थिए । उनीहरु मेलम्चीबाट सँगै बनेपा आएका थिए ।
८ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया